किया सेल्टोसको अपडेटेड भर्सन सार्वजनिक

१ बर्ष अगाडि

काठमाडौं-  किया सेल्टोसको अपडेटेड भर्सन सार्वजनिक भएको छ । कम्पनीले यसअघिको मोडलमा बाहिरी र भित्री भागमा व्यापक सुधार गर्दै नयाँ सेल्टोस अमेरिकामा  सार्वजनिक गरेको हो ।

एलएक्स, इएक्स, एस, एक्स लाइन र एसएक्स गरि विभिन्न पाँच भेरियन्टमा उपलब्ध यसमा दुई वटा पावरट्रेन अप्सन दिइएको छ ।

यसमध्ये, ई एक्स र एस भेरियन्टमा १.६ लिटर टर्बो इन्जिन दिइएको छ । यो इन्जिनले १९५ ब्रेक हर्सपावर र २६४ एनएम टर्क उत्पादन गर्छ । यसलाई ८ स्पीड अटोमेटिक ट्रान्समिसनसँग जडान गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया