अल्टिमेट स्कुटर बाइकिङको बिक्री वितरण सुरु

१ बर्ष अगाडि

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरुवात गरेको छ । विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ । प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्नेछ । 

यामाहा एरोक्स १५५ मा  लिक्विड कूल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कूटर बनाउँछ । यसको १५५ सीसीको “R"DNA इन्जिनले 15 PS पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ । अगाडिको एलईडी हेडलाइटहरूले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू छन् जसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ । 

एरोक्स १५५ को ५.८ इन्च एलसीडी  इन्स्ट्रुमेन्ट स्क्रिनले स्पीडोमिटर, RPM, र WA सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ । स्कूटरमा Yammma Y-connect जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिन्छ । यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ । 

 

१ बर्ष अगाडि

प्रतिक्रिया