काठमाडौँ – आन्दोलनको केन्द्र बनेको काठमाडौँको शान्तिबाटिकामा मिटरब्याज पीडित र सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीबीच झडप भएको छ। शान्तिबाटिका नागरिकको आवाज राज्यलाई पुर्याउने माध्यम बन्दै आएको छ । कुनै बेला आजका प्रधानमन्त्री प्रचण्ड पनि छातिमा प्लेकार्ड टाँसेर आन्दोलनमा सहभागी भएका थिए ।
आज भएको झडप मिटरव्याज पीडितहरूको समूहलाई प्रहरीले मार्चपास गर्न नदिएपछि भएको हो।
प्रहरीले शान्तिवाटिका भित्रै गएर पीडितहरूमाथि जथाभावी रूपमा कुटपिट गरिरहेको छ। कुटपिटबाट पीडितहरू घाइते भएका छन्। झडपको क्रममा प्रतिवाद गर्दै प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो।
चर्को ब्याजका कारण आफूहरू मारमा परेको भन्दै सरकारसमक्ष ६ बुँदे माग राखेको मीटरव्याज पीडितहरूको टोलीले केही समययता राजधानीमा विरोध तथा धर्नाका कार्यक्रमहरू गरिरहेको छ। आन्दोलनकारीहरुसँग सरकारले यस अघि वार्ता पनि गरिसकेको छ । तर पनि मिटरव्याज पीडितहरुको आन्दोलन रोकिएको छैन ।
प्रतिक्रिया