पिटस्टप इन्कर्पोरेटेडको नयाँ बुटिक वर्कशप संचालनमा

१ बर्ष अगाडि

काठमाडौं-  पिटस्टप इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले नयाँ बुटिक वर्कशप संचालनमा ल्याएको छ । 

कम्पनीले काठमाडौंस्थित अनन्दनगर धुमबराहीमा एकै स्थानबाट गाडी सम्बन्धी सबै सेवा प्रदान गर्ने उद्देश्यले उक्त वर्कशप संचालनमा ल्याएको हो ।

यस वर्कशप मार्फत गाडीमा लागेको दागहरू ठीक गर्ने, रङ लगाउने, डिटेलिङ गर्ने, सेरामिक कोटिङ, पीपीएफ, फाइनल र्यापिंग, मोडिफिकेसन, सहायक उपकरण र पुराना तथा मूल्यवान गाडीहरू पुनर्स्थापना गर्ने लगायत सम्पूर्ण काम हुँदै आएको छ ।


यो वर्कशपमा सवारी मर्मतका लागि उपकरण र प्रविधि भने निकै हाइटेक प्रयोग हुँदै आएको कम्पनीको भनाइ छ । यसमा अन्य सेवा सुविधाहरूमा भने सवारी सफाइ, वाक्सिङ, सिलिङ, कार्बन सेरामिक कोटिङ जस्ता काम पनि हुने गरेको छ ।

कम्पनीले आफ्नो दशकौँदेखिको विशेषज्ञताको प्रयोग गर्दै यस स्टेट अफ आर्ट अटो बडी शप बनाएको जनाएको छ ।

यसमा गाडीको बाहिरी र भित्री भागको आयु लम्ब्याउन ‘भेहिकल रेनोभेसन आर्ट’को सुविधा सुरू गरिएको कम्पनीले बताएको छ । विशेषज्ञ र दक्ष टेक्निसियनहरुबाट उक्त सेवा दिने कम्पनीको दाबी छ ।

पिट्स्टपको उद्घाटनको अवसरमा कम्पनीले ग्राहकका विशेष छुट समेत दिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया