काठमाडौँ- पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस जोरधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बस बुटवलदेखि बाग्लुङका लागि छुटेको थियो ।
घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेको छ । एम्बुलेन्समार्फत ९ जनालाई उद्दार गरेर अस्पतालतर्फ पठाइएको पाल्पाका प्रहरीले आजको अर्थलाई बताए । क्षतिको विवरण आइसकेको छैन ।
प्रतिक्रिया