तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खस्यो

आइतबार, १० बैशाख २०८०, १६ : ३६

काठमाडौँ- तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार केहीबेर अघिसम्म ४८ प्रतिशत मत खसेको हो ।  तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । 

तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका  वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् । 
 

आइतबार, १० बैशाख २०८०, १६ : ३६

प्रतिक्रिया