मंगलदीप चम्पा अगरबत्ती जिपलक प्याकमा बजारमा सार्वजनिक

आइतबार, १० बैशाख २०८०, १७ : ०८

काठमाडौं-  नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटिसहितको जिपलक प्याकमा बजारमा सार्वजनिक गरेको छ ।

नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ठूलो तथा नयाँ संस्करण धेरै काँटी सहितको जिपलक प्याकमा उपलब्ध छ । यस जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरु रहेका छन् । जसको मूल्य रु। १०० प्रति प्याक कायम गरीएको छ ।

जिपलकमा उपलब्ध भएको कारणले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढि समयसम्म कायम रहने छ । जसले गर्दा हरेक पटकको प्रयोगमा ग्राहकहरुले उहि अद्भूत सुगन्ध प्राप्त गर्ने छन् ।


मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लगायतका विभिन्न ब्राण्डहरु बजारमा सर्वत्र उपलब्ध छन् ।

आइतबार, १० बैशाख २०८०, १७ : ०८

प्रतिक्रिया