उपनिर्वाचन : चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने

आइतबार, १० बैशाख २०८०, २० : १६

काठमाडौं- चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ । मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  ।  कार्यालयका अनुसार मतगणनास्थलमा तारजाली र सिसिटिभी जडान गरिएको छ । कार्यालयले बैशाख १३ गतेसम्ममा मतगणनाको पूर्ण नतिजा आउने विश्वास लिएको छ । 

मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको सहायक मतदान अधिकृत ईश्वर आचार्यले जानकारी दिए । राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने उनको भनाइ छ ।  उनका अनुसार चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको छ । केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान बाँकी रहेकाले केही बढ्न सक्ने उनको भनाइ छ । 

आइतबार, १० बैशाख २०८०, २० : १६

प्रतिक्रिया