काठमाडौं- तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा अहिलेसम्मको परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निकटतम् प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन्। उनले ५०१९ मत पाएका छन्।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले २३५१ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले १५४९ मत ल्याएका छन्।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ-१ मा उपनिर्वाचन भएको हो।
प्रतिक्रिया