१६ हजार मतगणना हुँदा रास्वपाका स्वर्णिम वाग्लेले कति मत पाए ?

सोमबार, ११ बैशाख २०८०, ०९ : ५३

काठमाडौँ-  आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। 

गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ९ः२० बजेसम्म १६ हजार ३४२ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले  ९ हजार १९८ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ८०३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । 



सोमबार, ११ बैशाख २०८०, ०९ : ५३

प्रतिक्रिया