तनहुँमा निकटतम प्रतिसपर्धीले ५ हजार मत ल्याउदा स्वर्णिमले कटाए १० हजार

सोमबार, ११ बैशाख २०८०, १० : ५५

काठमाडौँ-  आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। 

गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १०ः१५ बजेसम्म १८ हजार ६६१ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले  १० हजार २५९ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्  । 

सोमबार, ११ बैशाख २०८०, १० : ५५

प्रतिक्रिया