बाराको मतगणना केहीबेरमा सुरु हुने

सोमबार, ११ बैशाख २०८०, १२ : १२

काठमाडौं- बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकिएलगत्तै  शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने भएको हो । मतगणनाका लागि दलका प्रतिनिधिहरु मतगणनास्थलमा उपस्थिति भएका छन् ।

मतगणनास्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।  पहिलो चरणमा २ स्थानबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएका छन् ।  आइतबार भएको उपनिर्वाचनमा बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ ।


यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव,  नेकपा  एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । 

सोमबार, ११ बैशाख २०८०, १२ : १२

प्रतिक्रिया