तनहुँमा रास्वपा का उम्मेदवार स्वर्णिमको अग्रता कायमै

सोमबार, ११ बैशाख २०८०, १४ : ०५

काठमाडौँ- तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

 पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । २० वडाको २७ हजार ४४ मत गणना गर्दा वाग्लले १३ हजार ७४९ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोविन्द भट्टराईले ८०३६ मत प्राप्त गरेका छन् ।


त्यस्तै एमालेका सर्वेन्द्र खनालले ४३९५ मत प्राप्त गरेका छन् ।  तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो । 

सोमबार, ११ बैशाख २०८०, १४ : ०५

प्रतिक्रिया