सानो इलेक्ट्रिक कार लन्च हुदैँ

१ बर्ष अगाडि

काठमाडौँ - एमजी मोटरले आफ्नो सानो इलेक्ट्रिक कार कोमेट ईभी लन्च हुने भएको  छ । यो हाल सबैभन्दा सानो इलेक्ट्रिक कार हो । एमजी कोमेट भारतीय बजारमा २६ अप्रिलमा लन्च हुने  र सोही दिनदेखि बुकिङ सुरु हुने अनुमान गरिएको छ ।

सो कारले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । यसमा ब्रेकिङको लागि फ्रन्टमा डिस्क र रियरमा ड्रम छ । सस्पेन्सनको लागि फ्रन्टको भागमा म्याकफर्सन स्ट्रट र रियरमा मल्टि-लिंकिङ क्वाइल सस्पेन्सन रहेको छ ।

 सो ईभीको मूल्य मे २०२३ मा घोषणा गरिने छ । यसको उत्पादन सुरु भइसकेको छ र आउँदो महिनादेखि नै डेलिभरी सुरु हुनेछ । यसमा १७।३ केडब्ल्युएच क्षमताको ब्याट्री दिइएको छ, जसले ४२ एचपीको पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ । यसको ब्याट्री १० देखि ८० प्रतिशत चार्ज गर्न ७ घण्टा लाग्छ ।

एमजी कोमेट ईभी जीएसईभी प्लेटफर्ममा तयार पारिएको हो । यसमा सानो फ्रन्ट ग्रिल, ठूलो एलईडी स्ट्रिप, पातलो हेडलाइट दिइएको छ । साथै ठूला ढोका, स्पोर्टी अलोय ह्विल र फ्ल्याट राखिएको छ ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया