काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ को प्रारम्भिक परिणामले पार्टीसामु गम्भीर परिस्थिति उत्पन्न भएको बताएका छन् । तनहुँ काँग्रेसको परम्परागत गढको रुपमा चिनिन्थ्यो । त्यहाँ काँग्रेसका असन्तुष्ट नेता गोविन्दराज जोशीले स्वर्णिम वाग्लेलाई सहयोग गरेका छन् । सोमबार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले तनहुँ –१ को प्रारम्भिक परिणामले पार्टीमा गम्भीर परिस्थिति उत्पन्न भएको बताएका बताएका हुन् ।
अब पार्टी एकताबद्ध भएर चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने धारणा राखेको बैठकमा सहभागी सांसद श्याम घिमिरेले आजको अर्थलाई बताए । घिमिरेका अनुसार बैठकको सुरुवातमै धारणा राखेका देउवाले राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जित्दै आएको तनहुँ–१ मा कांग्रेस चुनाव हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय भएको बताएका थिए ।
प्रतिक्रिया