बजाजको नयाँ अफर सार्वजनिक

१ बर्ष अगाडि

काठमाडौं-  बजाजले ‘फ्रि-लीली स्कीम’ सार्वजनिक गरेको छ । कम्पनीले १२५ सीसीभन्दा कम क्षमता भएका मोटरसाइकलमा लागू हुनेगरी ‘फ्रि–लीली स्कीम’ ल्याएको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीले १२५ सीसी क्षमताको कुनै पनि मोटरसाइकल किन्दा रेफ्रिजेरेटर निःशुल्क पाइने स्कीम ल्याएर ग्राहक तान्न खोजेको हो ।

बजाजले ल्याएको यो स्कीममा १०० सीसीदेखि १२५ सीसीसम्मका मोटरसाइकल किन्दा सामसङको १९२ लिटर क्षमताको रेफ्रिजेरेटर उपलब्ध गराउने भएको हो ।

बजाज प्लाटीना, बजाज पल्सर १२५, एनएस १२५, डिस्कबर १२५ जस्ता मोटरसाइकलमा यो स्कीम लागू हुनेछ ।

बजाजले स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एक्सचेन्ज, फाइनान्स तथा विभिन्न स्कीम उपलब्ध गराउँदै आएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया