काठमाडौँ- चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै गरेका छन् ।
२ हजार ३३२ मत गणना हुँदा लामिछानेले १ हजार ४९२ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै १ हजार ४२७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायाण श्रेष्ठले १०३१ मत ल्याएका छन् । चितवनमा इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।
प्रतिक्रिया