नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको  शपथ आज

शुक्रबार, १५ बैशाख २०८०, ११ : ३४

काठमाडौँ-  नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको  शपथ आज शुक्रबार हुने भएको छ ।

 वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीन जना सदस्यहरुको बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ हुन लागेको हो । 

उनीहरुलाई सभामुख देवराज घिमिरेले कानून समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए । 
 

शुक्रबार, १५ बैशाख २०८०, ११ : ३४

प्रतिक्रिया