संगीतकार शम्भूजित बास्कोटाको नयाँ गीत ‘माया हुन्छ भनन’ सार्वजनिक

शुक्रबार, १५ बैशाख २०८०, ११ : ४२

काठमाडौँ-  वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा ज्ञानेन्द्र गदालको शब्द र दीक्षित पौडेलको एरेन्ज छ । गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारीको अभिनय छ । प्रेम र रोमान्स देखाउन खोजिएको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

https://youtu.be/OwDrAm5nzF8

शुक्रबार, १५ बैशाख २०८०, ११ : ४२

प्रतिक्रिया