नेपाल एसीसी प्रिमियरः नेपाल फाइनलमा

शनिबार, १६ बैशाख २०८०, १६ : ५५

काठमाडौँ - कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो । नेपाल समूह ए को विजेता हो भने कुवेत समूह बीको उपविजेता हो ।

  वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । डक्वर्थ लुइसको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको हो ।

शनिबार, १६ बैशाख २०८०, १६ : ५५

प्रतिक्रिया