अग्नी मोटो इंकले येज्दी मोटरसाइकलको बुकिङ खुल्ला

१ बर्ष अगाडि

काठमाडौं-  अग्नी मोटो इंकले येज्दी मोटरसाइकलको बुकिङ खुल्ला गरेको छ । कम्पनीले नयाँ ब्राण्डको रुपमा यज्दीका तीन नयाँ मोडलको नेपालमा बुकिङ खुल्ला भएको हो ।

कम्पनीले भारतमा उत्पादन भएको येज्दीको तीन मोडलका मोटरसाइकल नेपाल ल्याएको हो । तीन वटै मोडलको मूल्य यसअघि नै सार्वजनिक भइसकेको थियो । कम्पनीले ती तीनवटै मोडलको बुकिङ खुल्ला गरेको हो । अग्नी मोटो इंकले एड्भेन्चर, रोडस्टार र स्क्रयाम्बलर गरी तीन मोडलका मोटरसाइकल उपलब्ध गराउने छ ।

तीन मोडल र विभिन्न १६ कलर अप्सनमा उपलब्ध हुने यज्दीका उत्पादन प्रिमियम सेग्मेन्टमा विक्री हुन लागेको हो । कम्पनीले यज्दी रोडस्टार मोटरसाइकलको मूल्य ९ लाख १६ हजार रुपैयाँदेखि ९ लाख २५ हजार रुपैयाँसम्म तोकेको छ ।


त्यस्तै, येज्दी स्क्रयाम्बलरको मूल्य ९ लाख ४८ हजार रुपैयाँदेखि ९ लाख ५६ हजार रुपैयाँसम्म रहेको छ । त्यसैगरी, येज्दी एड्भेन्चरको मूल्य ९ लाख ९६ हजारदेखि ९ लाख ९८ हजार रपैयाँसम्म रहने छ ।

येज्दीका सबै मोटरसाइकलमा ३३४ सीसी इन्जिन रहेको छ । महिन्द्रा ग्रुप अन्तर्गतको क्लासिक लेजेन्डले जावा, बीएसए र यज्दीका मोटरसाइकल उत्पादन गर्दै आएको छ ।

नेपालमा यज्दीका उत्पादन जावाकै शोरुमबाट विक्री वितरण हुने कम्पनीले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया