नेपाललाई चौथो सफलता

११ महिना अगाडि

काठमाडौँ - एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध चौथो विकेट लिएको छ । ललित राजवंशीले रमिज शहजादलाई आउट गरेका हुन् ।

  यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।

 आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

 सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।

११ महिना अगाडि

प्रतिक्रिया