केटीएम  ‘३९० एड्भेन्चर एक्स’ को विक्री सुरु

१ बर्ष अगाडि

काठमाडौं-  केटीएम ३९० एड्भेन्चरको सस्तो भेरियन्ट ‘३९० एड्भेन्चर एक्स’ विक्री सुरु भएको छ । कम्पनीले २ लाख ८० हजार भारतीय रुपैयाँ मूल्य निर्धारण गरेर सार्वजनिक गरेको ३९० एड्भेन्चर एक्सको विक्री सुरु गरेको हो ।

यसअघि विक्री हुने ३९० एड्भेन्चरको मूल्य ३ लाख ३० हजार भारतीय रुपैयाँ रहेको छ । कम्पनीले मोटरसाइकलमा रहेका विभिन्न फिचरहरू हटाएर कम मूल्यमा ३९० एड्भेन्चर ल्याएको हो ।

एक्स भेरियन्टमा ट्रयाक्सन कन्ट्रोल, क्वीक सिफ्टर, कर्नरिङ एबीएस जस्ता फिचर हटाएर ल्याएको हो । कम्पनीले यसको डबल च्यानल स्वीचएबल एबीसलाई भने निरन्तरता दिएको छ ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया