अग्नि मोटोइंकको येज्दी ब्राण्ड नेपाल भित्रियो

१ बर्ष अगाडि

काठमाडौं- अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले येज्दी ब्राण्ड नेपाल भित्र्याएको छ । कम्पनीले क्लासीक लेजेन्डको उत्पादन येज्दीका तीन मोडलका मोटरसाइकल नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीले क्रुजर, एड्भेन्चर र स्क्रयाम्वलर गरि तीन मोटरसाइकलको विक्री सुरु गरेको हो ।

येज्दी ब्रान्ड १९७० को दशक देखि क्लासीक मोटरसाइकल सेग्मेन्टमा आफ्नो बेजोड प्रदर्शनको लागि परिचित छ । लामो समयदेखि उत्पादन बन्द रहेको येज्दी २०२२ मा पुन उत्पादन सुरु भएको थियो । क्लासीक लेजेन्ड अन्तर्गत जावा, येज्दी र बीएस मोटरसाइकल महिन्द्रा एण्ड महिन्द्राले पुन बजारमा ल्याएको हो ।


कम्पनीले ल्याएको येज्दीका तीनै मोडलहरू शक्तिशाली ३३४ सीसी, सिंगल सिलिन्डर, ४-स्ट्रोक, लिक्विड(कूल्ड, इन्जिन उपलब्ध छ ।

येज्दी मोटरसाइकलहरूमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र ट्वीन एक्जस्ट, एन्टी-लक ब्रेकिङ सिस्टम (एबीएस) र स्लिपर क्लच जस्ता फिचरहरु पाउन सकिन्छ ।

अग्नि मोटोइंकले तीन मोडलका मोटरसाइकल १६ कलर अप्सनमा ल्याएको छ भने कल अनुसारको मूल्य तोकिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया