सीथ्री ह्याचव्याकको विक्री बुधबारबाट सुरु हुदैँ

१ बर्ष अगाडि

काठमाडौं-  सिट्रोनको आधिकारीक विक्रेता साँग्रिला मोटर्सले आगामी बुधबार सीथ्री ह्याचव्याकको विक्री सुरु गर्ने भएको छ । कम्पनीले भारतमा उत्पादन भएको सीथ्री नेपालमा विक्री सुरु गर्न लागेको हो ।

भारतीय बजारमा सिट्रोनले विक्री सुरु गरेको एक वर्षपछि नेपालमा यसको विक्री सुरु हुन लागेको हो । यसलाई कम्पनीले आगामी बैशाख २० गतेबाट विक्री सुरु गर्न लागेको हो ।

सिट्रोनले दिएको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी १।२ लिटर टर्बो इन्जिनले ११० एचपी पावर र १९० एनएम टर्क प्रदान गर्नेछ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।


प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आउने सीथ्रीको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँसम्म रहने अनुमान गर्न सकिन्छ । यसको एकिन मूल्य थाहापाउन भने केही दिन कुर्नु पर्ने हुन्छ ।

कम्पनीले यो गाडीको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँसम्म कायम गरेर विक्री गर्ने तयारी भएको जनाएको छ । भेरियन्ट अनुसारको मूल्य थाहापाउन भने अझै केही दिन कुर्नु पर्ने हुन्छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया