नेपाली क्रिकेट टोलीलाई हौसला दिन उपप्रधानमन्त्रीद्वय खेल मैदानमा

मंगलबार, १९ बैशाख २०८०, १२ : ३९

काठमाडौँ - नेपाली क्रिकेट टोलीलाई हौसला प्रदान गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्का उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का कीर्तिपुरस्थित खेल मैदान पुगेका छन् । 

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन बमोजिम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा खड्का खेलाडीहरूलाई हौसला बढाउन खेल मैदान पुगेका हुन् । 

 यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

 कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल एसिया कपमा पुगेको थियो । 

मंगलबार, १९ बैशाख २०८०, १२ : ३९

प्रतिक्रिया