एमजीको नयाँ सर्भिस सेन्टर संचालनमा

१ बर्ष अगाडि

काठमाडौं-  पारामाउन्ट मोटर्सको आधिकारीक वितरक रहेको मोरिस ग्यारेज ‘एमजी’ले ललितपुरको यातायात कार्यालय पछाडि (कुसुन्ती)मा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले उच्च स्तरीय प्रविधिको प्रयोग गरी ‘स्टेट अफ दी आर्ट’सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

करिब ३० हजार स्क्वाएर फिट जग्गामा संचालन भैरहेको यस सर्भिस सेन्टर मार्फत सबै किसिमका सेवा पाउन सकिन्छ । यसअघि कम्पनीले धुम्बाराहीमा रहेको सर्भिस सेन्टरबाट सुविधा दिँदै आएको थियो ।

यस स्थानमा कम्पनीले दुई वटा चार्जर पनि उपलब्ध गराएको छ । कम्पनीले आफ्ना ग्राहकका सुविधाका लागि हाल ३० किलोवाट क्षमताको १ थान डिसी चार्जर र ७ किलोवाट क्षमताको एसी चार्जरको व्यवस्था गरेको छ । यहाँ एमजी ब्रान्डका सवारीधनीले ३० मिनेटको अवधिमा ८० प्रतिशतसम्म आफ्नो कार चार्ज गर्न सक्नेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया