सिट्रोन सीथ्री ह्याचव्याकको विक्री नेपालमा सुरु

१ बर्ष अगाडि

काठमाडौं-  सिट्रोनको आधिकारीक विक्रेता साँग्रिला मोटर्सले आगामी सिट्रोन सीथ्री ह्याचव्याकको विक्री सुरु गरेको छ ।

 कम्पनीले भारतमा उत्पादन भएको सीथ्री नेपालमा विक्री गरेको हो ।

कम्पनीले सिट्रोन सि  थ्रीको लिभ र फिल मोडल  नेपालमा सार्वजनिक गरेको हो ।

सिट्रोन सीथ्रीमा १।२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन रहेको छ यसले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ ।


धेरै हदसम्म सिट्रोन सी फाइभबाट प्रेरित डिजाइन र फिचर यसमा पाउन सकिन्छ । स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील यसमा पाउन सकिन्छ ।

सीथ्रीको क्याविनमा १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध छन् ।

प्रिमियम ह्याचव्याक सिट्रोनको टप स्पेक भेरियन्टको लिभको मूल्य ३४ लाख ४९ हजार र फिलको मूल्य ३६लाख ४९ हजार रुपैयाँ रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया