टीभीएसले तीन नयाँ मोडल पालमा सार्वजनिक हुदैँ

१ बर्ष अगाडि

काठमाडौं-  टीभीएसले तीन नयाँ मोडलका दुई पाँग्रे सवारीसधान नेपालमा सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले एक इलेक्ट्रीक स्कुटरसहित दुई मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ ।

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले टीभीएस आइक्यूव, आरटीआर १६० फोर भी स्पेशल एडिशन र रोनीन सार्वजनिक गर्ने तयारी गरेको हो ।

कम्पनीले पहिलो चरणमा आरटीआर १६० फोर भी स्पेशल एडिशन सार्वजनिक गर्ने तयारी गरेको छ । त्यस्तै केहि सयम पश्चात रोनिन र आइक्यूव सार्वजनिक गर्ने तयारीमा जगदम्वा मोटर्स रहेको कम्पनी स्रोतले बताएको छ ।


कम्पनीले टीभीएस आइक्यूवको परिक्षण सफलता पूर्वक सम्पन्न गरिसकेको छ भने रोनीन मोटरसाइकलको नेपालभर विभिन्न स्थानमा परिक्षण गरिरहेको छ ।

रोनीन

टीभीएस रोनीनमा २२५/९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलईडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनिनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।

त्यस्तै, यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुवै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनिनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलईडी डीआरएल, साइलेन्ट स्टार्ट जस्ता फिचर दिइएको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया