साझा प्रकाशनको महाप्रबन्धक पदमा गर्तौला नियुक्त

विहीबार, २१ बैशाख २०८०, ११ : २०

काठमाडौँ-  साझा प्रकाशन सञ्चालक समितिको निर्णयबाट मिलनराज गर्तौला सो प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त भएका छन् ।

 उनले आइतबार पद बहाली गरेका छन् । प्रकाशनले मिति २०७९ चैत १ गते गोरखापत्र दैनिक सूचना प्रकाशित गरी महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको थियो ।

 भाषा, साहित्य, कला, संस्कृतिको सम्वद्र्र्धन गर्ने उद्देश्यले स्थापित साझा प्रकाशन विसं १९७० मा प्रारम्भ भएको गोरखा भाषा प्रकाशित समिति हुँदै नेपाली भाषा प्रकाशित समिति (१९९०)को उत्तराधिकारीका रूपमा क्रियाशील संस्था हो ।

एक सय ११ वर्षे गौरवशाली इतिहास बोकेको देशकै नमुना प्राज्ञिक निकाय साझा विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेकाले गर्तौलाको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको छ ।

 जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा योजना तथा प्रशासनको उच्च तहमा बसेर काम गरेका उनले समाजशास्त्रमा स्नातकोत्तर हुनुका साथै कानुनमा पनि स्नातकोत्तर छन् । 

यसका अलावा उनले वित्त, विकास र व्यवस्थापनको क्षेत्रमा पनि विभिन्न गैरसरकारी निकायमा रही काम गरेका छन्। साहित्यिक फाँटतिर गर्तौलाको दुई दर्जनभन्दा बढी नेपाली नाटक प्रकाशित र प्रसारित छन् भने वक्तत्वकलाका क्षेत्रमा दि रेयुकाई अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि विभूषित छन् । 

विहीबार, २१ बैशाख २०८०, ११ : २०

प्रतिक्रिया