बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ आउदो १६ जुनमा रिलिज हुने

शुक्रबार, २२ बैशाख २०८०, ११ : २७

मुम्बई-  अभिनेता प्रभास अभिनीत बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ १६ जुनमा रिलिज हुने भएको छ । राममायणमा आधारित फिल्मको १६ जुनमा रिलिज हुने बताइएको छ । 


फिल्मका निर्देशक ओम राउत हुन् । फिल्ममा प्रभासको अलावा कृति सेननको पनि मुख्य भूमिकामा छिन् । फिल्म हिन्दीको अलावा तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा समेत रिलिज हुनेछ । 


फिल्ममा प्रभास भगवान रामको भूमिकामा छन्, भने कृति सीता, सन्नी लक्ष्मण र सैफ अली खान रावणको भूमिकामा छन् ।


फिल्मको पोष्टर, टिजर रिलिज भएदेखिनै यसलाई लिएर विवाद भइरहेको छ । कहिले रावण, कहिले हनुमान र कहिले रामको रुपलाई लिएर फिल्म विवादमा पर्दै आएको छ ।

शुक्रबार, २२ बैशाख २०८०, ११ : २७

प्रतिक्रिया