सिट्रोनले नयाँ इलेक्ट्रीक कार नेपाल ल्याउदैँ

११ महिना अगाडि

काठमाडौं-  विद्युतीय कारको माग उच्च भएसँगै विभिन्न कम्पनीले ईभी आयातलाई तिब्रता दिएका छन् । अबको दुई महिना भित्रै बीवाइडी र सिट्रोनले नयाँ इलेक्ट्रीक कार नेपाल ल्याउन लागेका हुन् ।

बीवाइडी डल्फीन र सिट्रोन सीथ्री इलेक्ट्रीक गरी दुई नयाँ मोडल नेपाल आउन लागेका हुन् । भारतीय बजारमा उत्पादन भएको सिट्रोन सीथ्री इलेक्ट्रीक मूल्यका हिसावले करिब ३० लाख हाराहारीमा विक्री गर्नेगरी नेपाल आउँछ भने बीवाइडी डल्फीन ४२ देखि ४५ लाख भित्रै आउने हाम्रो अनुमान छ ।

यी दुबै कार ह्याचव्याक मोडल हुन् । सिट्रोन सीथ्री दुई दिनअघि मात्रै नेपालमा विक्री सुरु भएको सीथ्री मोडलको इलेक्ट्रीक भर्सन हो । तर, बीवाइडी डल्फीन भने पूर्ण ब्राण्ड न्यू मोडल हो । यी दुई मोडलमा धेरै विभन्नता पाउन सकिन्छ । यी दुई गाडीको मुख्य समानता भनेकै दुबै मोडल इलेक्ट्रीक मोटरबाट संचालन हुन्छ ।

११ महिना अगाडि

प्रतिक्रिया