६ करोडको भ्याक्सिन निर्यात

शनिबार, २३ बैशाख २०८०, १२ : २८

काठमाडौँ - चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा नेपालबाट ६ करोड ८० लाख ५६ हजार रुपैयाँ बराबरको भ्याक्सिन निर्यात भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको भ्याक्सिन निर्यात भएको हो ।

 यस अवधिमा १ लाख ६० हजार २०० वटा भ्याक्सिन निर्यात भएको तथ्यांकमा उल्लेख छ । यस्तै, यस अवधिमा नेपालबाट १ लाख ३० हजार रुपैयाँ बराबरको २०० वटा भेटेनरी भ्याक्सिन निर्यात भएको छ ।

 नेपालबाट अल्जेरिया र अंगोलामा मानवीय र भेटेनरी भ्याक्सिन निर्यात हुँदै आएको छ । अल्जेरियामा ६ करोड ७९ लाख रुपैयाँको मानवीय भ्याक्सिन निर्यात हुँदा अंगोलामा १ लाख ४ हजार रुपैयाँको मानवीय भ्याक्सिन निर्यात भएको छ ।

 यस्तै, नेपालबाट निर्यात भएको सम्पूर्ण भेटेनरी भ्याक्सिन अंगोलामा नै निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
 

शनिबार, २३ बैशाख २०८०, १२ : २८

प्रतिक्रिया