काठमाडौं - रावा इनर्जी डेभलपमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
स्थानीय बासिन्दाले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले चैत २३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजीको २८ करोड रुपैयाँको १०% अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो ।
जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो । यस आइपीओमा खोटाङ्ग जिल्ला केपीलासगडी गा.पा. (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स. का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले रावा इनर्जीको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, साबिकको सेन्चुरी बैंक (हाल प्रभु बैंक) बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
प्रतिक्रिया