प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल विस्तार र हेरफेर

आइतबार, २४ बैशाख २०८०, १० : ४३

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका छन् । 

आइतबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् । त्यसै गरी यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

नवनियुक्त मन्त्रीको आजै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ कार्यक्रम राखिएको शीतल निवास स्रोतले जनाएको छ ।

आइतबार, २४ बैशाख २०८०, १० : ४३

प्रतिक्रिया