संविधानसभा सदस्य बस्नेतको निधन

शुक्रबार, २९ बैशाख २०८०, ०९ : ४३

काठमाडौँ - संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । 

नेपाली काँग्रेस नेता समेत रहनुभएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उहाँ काठमाडौँको सिफलमा बस्दै आउनुभएको थियो ।

२००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मनुभएका बस्नेत नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहनुभएका थियो ।

काँग्रेसको केन्द्रीय सदस्य समेत रहनुभएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गर्नुभएको छ । बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो।

शुक्रबार, २९ बैशाख २०८०, ०९ : ४३

प्रतिक्रिया