हुन्डाईले देखायो आई-२० को फेसलिफ्ट भर्सन

११ महिना अगाडि

काठमाडौं-  दक्षिण कोरियाली ब्रान्ड हुन्डाईले आई-२० को फेसलिफ्ट भर्सन देखाएको छ । 

कम्पनीले यसको फ्रन्ट लुक्स र फिचरमा परिवर्तन गरी फोसलिफ्ट मोडल देखाएको हो ।

नयाँ आई२०को डिजाइन पहिलेभन्दा स्पोर्र्टी देखिएको छ । यसको अगाडिको भागमा कम्पनीले शार्प ग्रिल, ठूलो साइड भेन्ट्स दिएको छ । पछाडिको भागमा पनि परिमार्जन गर्दै रि-डिजाइन बम्पर दिएको छ ।

त्यसैगरी फेसलिफ्ट आई-२०मा नयाँ डिजाइनको अलोय ह्वील छ । ह्वीलमा स्टार प्याटर्न डिजाइन दिइएको छ । यसले गाडीको लुक्सलाई युनिक बनाएको छ । नयाँ हुन्डाई ह्याचब्याक लुसिड लाइम मेटालिक, मेटा ब्लु पर्ल र लुमेन ग्रे पर्ल गरी विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।


कम्पनीका अनुसार यसको इन्टेरियरमा पनि लुसिड लाइम इन्टेरियर कलर प्याकेज दिइएको छ । यसले गाडीको ड्यासबोर्ड, सेन्टर कन्सोल, स्टेरिङ ह्विल निकै आकर्षक देखिन्छ ।

२०२३ हुन्डाई आई२०मा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन रहनेछ । साथै, वायरलेस स्मार्टफोन चार्जर, बोसको अडियो सिस्टम, हुन्डाईको ओटिए अपडेट सहितको कनेक्टेड कार टेक फिचर समावेश हुनेछन् ।

सुरक्षाका सेफ्टी फिचरहरूमा कम्पनीले फरवार्ड कोलाजिन अभोईडेन्स, लेन चेन्ज असिस्ट जस्ता एडासका फिचर्स, स्मार्ट सेन्स सेफ्टी सुइट, स्मार्ट क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट कोलाजिन एभोईडेन्स, रियर क्रस ट्राफिक कोलोजीन प्रिभेन्सन लगायतका फिचर्स उपलब्ध गराउने छ ।

सुरुमा यूरोपियन बजारमा विक्री हुने यो मोडलमा १.० लिटर टर्बो चार्ज्ड इन लाइन इन्जिन रहनेछ । कम्पनीले यसमा ४८ भोल्ट माइल्ड हाइब्रिड सिस्टम पनि दिनेछ ।

यूरोपियन बजारमा विक्री सुरु भएको पनि केही महिनापछि मात्रै भारतमा उत्पादन हुने भएको कारण तत्काल यो मोडल नेपाल आउने छैन ।

११ महिना अगाडि

प्रतिक्रिया