केटीएम मोटरसाइकल किन्न चाहने ग्राहकले सस्तो ब्याजदरमा कर्जा पाउने

११ महिना अगाडि

काठमाडौं-  प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएम किन्न चाहने ग्राहकले सस्तो ब्याजदरमा कर्जा पाउने भएका छन् । कम्पनीले बैंकहरुले निक्षेपमा दिने ब्याजदर बराबरकै दरमा कर्जा सुविधा पाउने भएका हुन् ।

केटीएमको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ९.९९ प्रतिशत ब्याजदरमा आफ्ना उत्पादन बिक्री स्कीम ल्याएका हुन् ।

कम्पनीले एकै पटक पुरा पैसा चुक्ता गरेर मोटरसाइकल खरिद गर्न नसक्ने ग्राहकहरुका लागि नयाँ फाइनान्स स्कीम ल्याएको हो ।


यो स्कीममा केटीएमका मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसका बाँकी रकममा ९.९९ प्रतिशत मात्र ब्याज लाग्ने कम्पनीले जनाएको छ । यो स्कीममा ग्राहकले १८ महिनाका बाँकी रकम चुक्ता गर्नु पर्ने हुन्छ ।

केटीएमले हाल नेपाली बजारमा केटीएम २०० ड्यूक, ३९० ड्यूक, २५० ड्यूक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर, आरसी २०० र आरसी ३९० विक्री गर्दै आएको छ । कम्पनीले सबै मोटरसाइकल बीएस ६ भर्सनका विक्री गर्दै आएको छ ।

११ महिना अगाडि

प्रतिक्रिया