'अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक

११ महिना अगाडि

काठमाडौँ- अल्टिमा लाइफस्टाइलले एक गुणस्तरीय वेरेवल एसीसोरिज (पहिरन वस्तु) उत्पादनहरुको लागि परिचित उदयीमान नेपाली ब्रान्ड आफ्नो नवरचनात्मक उत्पादन ‘अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक गरेको छ। 

अल्टिमा लाइफस्टाइल एक किफायती र सस्तो मूल्यमा प्रभावशाली ध्वनि र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरुको लागि संगीत उत्साही र व्यायाम उत्साही माझ परिचित रहेको छ। यो अत्याधुनिक स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृस्ट विशेषताहरुको उत्तम संयोजन छ। जसका कारण टेक–प्रेमी व्यक्तिहरूको लागि यो आवश्यक छनोट हुनेछ। अल्टिमा वाच म्याजिक मात्र रु. ३ हजार ५९९ मा दुवै अनलाइन र अफलाइन खरिदका लागि उपलब्ध छ।

अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यु डिस्प्ले रहेको छ। यसमा उच्च प्रविधीको स्वास्थ्य जाच्ने क्षमता साथै पातलो र आरामदायक प्रीमियम सिलिकन स्ट्र्याप ९ब्यान्ड० पनि जडित छ जसले गर्दा दिनभर आरामले घडी लगाउन सकिनेछ। यो स्मार्टवाच निर्बाध रूपमा सजिलै अल्टिमा स्मार्ट आपसँग कनेक्ट हुन्छ। यतिमात्र नभई यो स्मार्ट वाच आईपी६८ पानी प्रतिरोधक छ भने यसमा ११० भन्दा बढी स्पोर्ट्स मोड, अटो स्लिप र बल्ड अक्सिजन ट्रयाकिङ प्रविधि पनि रहेको छ। जसले गर्दा प्रयोगकर्तालाई स्वस्थ र सक्रिय जीवनशैली ज्ञापन गर्न उत्साहित गर्नेछ। 

यी प्रभावशाली सुविधाको सूचीमा अल्टिमा वाच म्याजिकले यो मूल्य खण्डमै पहिलोपटक निकै नै गर्वका साथ १।८३ इन्च डिस्प्लेसहितको बीटी कलिङ ९ब्लु–तुथ० विशेषता पनि समावेश गरेको छ।  

कम्पनीको परिकल्पना हरेक नेपालीहरुमा टेक्नोलोजी प्रयोग गरी स्वस्थ र खुशी जीवन सम्भव तुल्याउन सकोस भन्ने रहेको छ। यही परिकल्पनालाइ प्रबर्धन गर्नको लागि अल्टिमा लाइफस्टाइलले हालसालै स्वास्तिमा खड्कालाई आफ्नो कम्पनीको उत्पादनहरुको ब्रान्ड एम्बेसेडर घोषणा गरेको थियो। स्वास्तिमाको युवा जोश र सक्रिय जीवनशैली ब्रान्डको आदर्शअनुरुप मेल खान्छ। जसले गर्दा उनी कम्पनीको परिकल्पना प्रवर्द्धन गर्न सही छनोट हुन पुगेका हुन्। 

नयाँ प्रविधिको प्रयोग, इन्जिनियरिङ् नवीनता र किफयिती मूल्य निर्धारण गरी अल्टिमाको लक्ष्य व्यापक ग्राहकको विविध रुचि र शैली माझ आफ्नो पहुँच विस्तार गर्ने रहेको छ। यसको उल्लेखनीय सुविधाहरु र किफायती मूल्य निर्धारणले स्मार्टवाचको बजारलाई पुनः परिभाषित गर्नेछ। 

अल्टिमा वाच म्याजिकसहित अल्टिमा लाइफस्टाइलका उत्पादनहरु लोकप्रिय अनलाइन प्लेटफर्महरु दराज र नेपालभरका अफलाइन स्टोरहरुमा उपलब्ध छन्। विशिष्ट ग्राहक सेवाप्रति ब्रान्डको प्रतिबद्धतालाई हालै सम्पन्न ‘दराज सेलरस मीत’ मा ’द फास्टेस्ट डेलिभरी अवार्ड’ बाट सम्मानित गरिएको थियो। जसमा ७०० भन्दा बढी ब्रान्ड र बिक्रेताहरुको सहभागिता थियो।

अल्टिमा वाच म्याजिक आधिकारिक रुपमा जेठ ४ गतेदेखि बजारमा उपलब्ध हुनेछ। वाच म्याजिकको पहिले नै बजारमूल्य रु। ३ हजार ५९९ तय भए पनि अल्टिमाले दराजका पहिलो १०० ग्राहक र हुकुटका पहिलो ५० ग्राहकका लागि विशेष परिचयात्मक मूल्य रु। २ हजार ९९९ मा वाच म्याजिक उपलब्ध गराउनेछ। 

 

११ महिना अगाडि

प्रतिक्रिया