राफेल नामक एसयूभी ल्याउदैँ रेनो

बुधबार, ०३ जेठ २०८०, १६ : २४

काठमाडौं-  फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले २० दिनपछि राफेल नामबाट एसयूभी ल्याउने भएको छ । कम्पनीले आगामी जुन १८मा कुप्पे डिजाइन एसयूभी राफेलको ग्लोबल डेब्बु गर्ने भएको हो ।

रेनोले सन् १९३० ताका आफ्नो स्वामित्वमा रहेको काउड्रनले बनाएको एउटा मात्रै सिट भएको प्लेनको नाम राफेल राखेर नयाँ एसयूभी ल्याउन लागेको हो । त्यसैले यसलाई एभिएसनबाट प्रभावित एसयूभी भन्न थालिएको छ ।

राफेल एसयूभीको स्टाइल अरु भन्दा फरक छ । यसको डिजाइन एरोडाइनामिक छ । कम्पनीले एभिएसन उद्योगमा संलग्नता भएका कारण यसको प्रोडक्सन मोडलको डिजाइनमा प्रभाव परेको बताएको छ ।


राफेलको एक्सटेरियरमा नयाँ स्टाइल दिइएको एलइडी लाइट, स्कल्प्टेड फेन्डर, युनिक ग्रिनहाउस लगायत देख्न सकिन्छ । त्यसैगरी, यसको इन्टेरियरमा भने ओपनआर डिजिटल कक्पिट रहने छ । समग्रमा हेर्ने हो भने, यो गाडी स्पोर्टी एक्सेन्ट र लक्जरियस फिचर्स सहित आउने अनुमान गर्न सकिन्छ ।

फ्रेन्च अटोमेकर रेनोका अनुसार राफेल सिएमएफ(सिडी आर्किटेक्चरमा आधारित हुनेछ । यो गाडी ई(टेक हाइब्रिड पावरट्रेनद्वारा संचालन हुनेछ । यसमा सेल्फ चार्जिङ हाइब्रिड पावरट्रेन उपलब्ध हुने बताइएको छ । राफेलको बारेमा सम्पूर्ण विवरण बाहिर नआएपनि यसको यंयुक्त पावर २०० पीएस र २०५ न्युटन मिटर टर्क रहने छ । रेनोले राफेललाई प्लग इन हाइब्रिड अप्सनमा पनि ल्याउने अपेक्षा गरिएको छ ।

राफेलको वर्ल्ड प्रिमियर आगामी ‘पेरिस एयर शो २०२३’मा गरिने कम्पनीले जनाएको छ ।

बुधबार, ०३ जेठ २०८०, १६ : २४

प्रतिक्रिया