डीडब्लूसी पाइपको उत्पादन शुरु

विहीबार, ०४ जेठ २०८०, १६ : २०

काठमाडौँ - विभिन्न निर्माण सामाग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी)पाइपको उत्पादन शुरु गरेको छ । भारत, चीन लगायका विश्वका विभिन्न देशहरुमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्र्तगतको मनमैजु ईण्डष्ट्रिजले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा उत्पादन शुरु गरेको हो । 

 विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरुमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजायनमा कम्पनीले उत्पादन शुरु गरेको विज्ञप्तिमा उल्लेख छ । 

 कम्पनीले हाल प्रचलित अन्तराष्ट्रिय मापदण्ड र डिजायनको परिधिभित्र रही १०० मि.मि. देखी १२०० मि।मि। गोलाईका पाईप उत्पादन गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडी पारित गरेको यो पाईपको मापदण्ड ने.गु.नं.५९५ चिन्ह प्राप्तीको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ । 

विहीबार, ०४ जेठ २०८०, १६ : २०

प्रतिक्रिया