सुन्दर अटोद्धारा इलेक्ट्रिक बाइक लन्च

विहीबार, ०४ जेठ २०८०, १६ : ३७

काठमाडौँ-  सुन्दर अटो इन्जिनियरिङले इलेक्ट्रिक बाइक लन्च गरेको छ । 

इन्जिनियरिङका  प्राविधिक द्वारा आफ्नै डिजाइनमा गन्तव्य ईभी १०० एस मोडल नाम दिइएको  इलेक्ट्रिक बाइक लन्च गरिएको हो । 


 बिहीबार आयोजित एक कार्यक्रमका बीच ऊर्जा,  जलस्रोत तथा सिचाइमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आथित्यतामा बाइक लन्च गरियो । यसअघि सुन्दर अटो इन्जिनियरिङले नेपाल मै पहिलो पटक उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो। 

आफ्नै प्राविधिकको डिजाइन र च्यासिस निर्माण गरिएको गन्तव्य बाइकको बजार मूल्य अहिले   २ लाख ५० हजार रहने  सुन्दर ग्रुपका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए । यो बाइक फुल चार्ज गर्दा १२० किमी गुड्न सक्ने बताइएको छ ।

विहीबार, ०४ जेठ २०८०, १६ : ३७

प्रतिक्रिया