काठमाडौँ - पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ ।
बिहीबार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रम माथि तीन दिनसम्म छलफल गर्ने निर्णय भइसकेको छ । जसअनुसार जेठ ७ गतेदेखि सरकारका नीति तथा कार्यक्रम माथि छलफल सुरु हुनेछ ।
राष्ट्रियसभा बैठकमा तीन दिन अर्थात् जेठ ७–९ गतेसम्म छलफल गरेपछि प्रधानमन्त्री दाहालसँग जेठ ९ गते नै त्यसको जवाफ मागिने पनि निर्णय कार्य व्यवस्था समितिले गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार दुर्गा उपाध्यायले जानकारी दिनुभयो।
प्रतिक्रिया