कान्तिपुर हाफ म्याराथनमा मुकेश र राजपुरा विजयी

११ महिना अगाडि

काठमाडौँ - त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार राजधानीमा आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् । ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन जित्न मुकेशले १ घण्टा ६ मिनेट ४५ सेकेन्ड निकाले । उनी पहिलोपल्ट विजेता भएका हुन् । 

 थापाथलीस्थित कान्तिपुरको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हु“दै सेन्ट्रल बिजनेस पार्क आएर टुङ्गिएको थियो ।  

११ महिना अगाडि

प्रतिक्रिया