द भ्वाइस किड्स नेपाल सिजन–२ उपाधि स्पन्दन सुब्बालाई

आइतबार, ०७ जेठ २०८०, ०९ : १९

काठमाडौँ-  द भ्वाइस किड्स नेपाल सिजन–२ को उपाधि स्पन्दन सुब्बाले हात पारेका छन् । प्रतियोगितामा सहभागी सयौँ प्रतिस्पर्धीहरुलाई पछि पादै सुब्बाले सो उपाधि जित्न सफल भएका हुन् ।

सुब्बाले ट्रफीसहित नगद १५ लाख रुपैयाँ र अन्य थुप्रै पुरस्कार पनि जितेका छन् । फाइनलमा सुब्बासँगै अन्य सात जना प्रतियोगी पनि पुगेका थिए । उनी टीम प्रमोद खरेलमा आबद्ध थिए ।

आइतबार, ०७ जेठ २०८०, ०९ : १९

प्रतिक्रिया