मिस नेपालको ताज जितेर नेपाल र नेपालीहरुको सेवामा आफुलाई समर्पित गर्ने अपेक्षाको उदेश्य

१० महिना अगाडि

काठमाडौँ- भक्तपुरकी अपेक्षा खतिवडा हिडन ट्रेजर नेपालले आयोजना गरेको मिस नेपाल प्रतियोगितामा आफुलाई बलियो प्रतिस्पर्धीको रुपमा स्थापित गर्दैछिन। नेपाल कमर्स क्याम्पस्बाट बि बि ए को अध्ययन सकाएकी अपेक्षाले मिस नेपालको ताज जितेर नेपाल र नेपालीहरुको सेवामा आफुलाई समर्पित गर्ने उदेश्य राखेकी छन् ।

प्रतियोगी नं १९ अपेक्षाले हस्तकला सम्बन्धि व्यव्साय पनि सञ्चालन गर्दै आएकी छिन् ।उक्त गिफ्ट आईटम्सको व्यवसायका साथसाथै उनी व्यवस्थापनका क्षेत्रमा पनि विशेष अनुभव राखेकी छिन ।  हरेक समुदायका महिला प्रशिक्षकहरु लाई मजबुत प्रशिक्षण दिएर महिलाहरुको जिवनस्तर उकास्न , महिलाहरुको सशक्तिकरण गर्न र उनिहरुलाई वित्तिय स्वतन्त्रताको मार्ग देखाउनुपर्छ भन्ने कुराना अपेक्षा दृढ विश्वास राख्छिन।यसका साथसाथै दिगो वातावरण संरक्षणका क्षेत्रमा पनि उनको बिशेष लगाव रहेको छ। 

प्रतियोगी नं १९ , अपेक्षा खतिवडालाई भोट गर्नका निम्ति खल्ती (KHALTI APP) अथवा मिस नेपाल को एप्लिकेसन(MISS NEPAL APP )  मा गएर प्रतियोगी अंक १९मा भोट गर्न सकिन्छ ।

१० महिना अगाडि

प्रतिक्रिया