खुल्दैछ ठगहरुको नालीबेली

आइतबार, ०७ जेठ २०८०, ११ : ४३

काठमाडौं – ठगीको पनि अनौठो तरिका ।  साविक गौरीगंगा नगरपालिका झापाका शिवलाल चौलागाईले तीन वर्ष पहिले चितवनका मौरी व्यवसायी मोहनराज खनालसित ३० हजार रुपैयांको मह लिए ।

 खनालसित मह लिएर पैसा नदिनेहरु १०।१५ जना अरु पनि रहेका छन् । पटक पटक पैसा माग्दा सम्पर्कमा नआउने र फोन लागीहाले पनि हलो हलो मात्र भन्ने गरेको खनालले बताएका छन् ।

 उनी आजित भएर फेसबुकमा पोटोसहित ठगीको बिवरण सार्वंजनिक गरेका छन् । दुख मेहनत गरेर उतपादन गरेको मह सित्तैमा खाने शिवलाल जस्ता ठगहरुको नालीबेली क्रमश ः खोल्दै जाने खनालले बताएका छन् । खनालले फेसबुकमा लेखेका छन – म जस्ता किसानको मेहनतको पैसा खाने यी मान्छेको सात पुस्ता ठगेरै खान पुगोस् ।
 

आइतबार, ०७ जेठ २०८०, ११ : ४३

प्रतिक्रिया