सरकारले किन्ने सवारीसाधन अब विद्युतीय मात्रै हुने

आइतबार, ०७ जेठ २०८०, १३ : २२

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघिय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत राइडिङ एण्ड सेयरिङ कम्पनीले दिदै आएको सेवा कानुन निर्माण गरी संचालन गर्ने घोषणा गरे ।

विगत ९ वर्षदेखि कानुनले चिन्दै नचिनेको सेवा प्रदान गदै आएका राइडिङ एण्ड सेयरिङ कम्पनीलाई कानुनी दायरमा ल्याई संचालन गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा समेटिएको हो ।

त्यसैगरी सरकारले किन्ने सवारीसाधन अब विद्युतीय मात्रै हुने र सहरी क्षेत्रको सार्वजनिक यातायात विद्युतीय बनाउने विषय सरकारको नीति तथा कार्यक्रममा परेको छ ।


ठूला राजमार्ग निर्माण, पूर्वपश्चिम राजमार्गको विस्तारलाई निरन्तर, सिग्नेचर पूलको निर्माणलाई निरन्तरता दिने र व्यापक गर्ने नीति सरकारले लिएको छ ।

आइतबार, ०७ जेठ २०८०, १३ : २२

प्रतिक्रिया