नेपालमा पेट्रोल कारको युग समाप्ततर्फ, आर्कषणको केन्द्रमा ईभी

११ महिना अगाडि

 काठमाडौं-  नेपालमा पेट्रोल कारको युग समाप्ततर्फ लागेको को कि भन्ने महशुस हुन थालेको छ ।  

सरकारले अघिल्लो वर्ष बैशाखदेखि मंसिर मसान्तसम्म आयात प्रतिबन्ध लगाउँदा पेट्रोल कार प्रतिको आकर्षणमा निकै ठूलो गिरावट देखिएको हो ।

विद्युतीय गाडीको सप्लाईमा समस्या रहँदा कम्बस्चन मोडलको बिक्री अझै केही वर्ष टिक्ने अनुमान लगाउन सकिएपनि विद्युतीय गाडीको बजार तिब्र गतिमा बिस्तार भएको छ । सन् २०२१/२२ मा २ प्रतिशतभन्दा कम रहेको ईभी बजार आर्थिक वर्ष २०२२/२३ मा बढेर ३८ प्रतिशत पुगेको हो ।

सन् २०२२ अप्रिल १ तारिखदेखि २०२३ मार्च अन्तिमसम्ममा २ हजार ७२६ यूनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो प्यासेन्जर कार आयात ७ हजार १०६ यूनिटको ३८ प्रतिशत हो ।


 रोजाइमा ईभी

एक वर्षमा आयात भएका ७ हजार १०६ यूनिट कारमा सबैभन्दा ठूलो हिस्सा एसयूभी सेग्मेन्टको छ । यो सेग्मेन्टमा अहिलेको सबैभन्दा चर्चित मोडल टाटा नेक्सन हो । नेक्सन ईभी १ हजार ७०३ यूनिट आयात भएको छ ।

ईभीमा हुन्डाईले आयोनीक र कोना गरेर २९७ यूनिट ल्याएको थियो । त्यस्तै, बीवाइडीले इ सिक्स, एटो थ्री र एमथ्री गरेर २२८ यूनिट गाडी ल्याएको देखिन्छ । नेटा भी १९२, टिगोर ईभी १८९ यूनिट र सबैभन्दा महंगो टेस्ला कार पनि २१ यूनिट आयात भएको छ । यसले ईभी प्रति बढ्दो क्रेजलाई झल्काउँछ ।

त्यस्तै कम्प्याक्ट र साना एसयूभीमा  पनि मासिहरुको बढ्दो क्रेज देखिएको छ ।

आयात बिक्री दुबै घटेपनि नेपाल आएको ४ हजार ३८० यूनिट कम्बस्चन इन्जिन भएका गाडी मध्ये २ हजार ५०० यूनिट चल्तीका एसयूभी क्रेटा, सेल्टोस, सोनेट, ब्रेजा, स्कर्पियो, म्याग्नाइट, भेन्यू, काइगर र नेक्सन जस्ता मोडल छन् । यस बाहेक पनि धेरै गाडी एसयूभी नै आयात भएका छन् ।

ईभीमा अहिले बिक्री भइरहेको मोडल मध्य बीवाइडी एमथ्री र टाटा टिगोर बाहेक सबै क्रसओभर र एसयूभी मोडल हुन् । यसले पनि नेपालमा एसयूभीको बजारलाई चित्रित गर्छ ।

११ महिना अगाडि

प्रतिक्रिया