“कृषिमा आधारित स्वदेशी उद्योगको संरक्षण गरौं खाद्यान्नमा नेपाल आत्मनिर्भर बनौं”

१० महिना अगाडि

काठमाडौँ- राष्ट्रिय कृषि उत्पादन चामल, तेल र दाल उत्पादन गर्ने स्वदेशी लगानीमा स्थापना भएका उद्योगहरुको उच्च गुणस्तरीय चामल, तेल, दाल उत्पादन गरी राष्ट्रिय अर्थतन्त्रमा प्रभाबकारी भुमिका निर्बाह गरेको सर्बबिदितै छ । अरबौंको लगानिमा स्थापना भएका राष्ट्रिय उद्योगहरुबाट निर्बाहमुखी उत्पादन मात्र नभै तेश्रो मुलुकका बिभिन्न देशहरुमा समेत निर्यात हुने गरी राष्ट्रिय उत्पादनमा टेवापुग्नेगरी आन्तरिक उत्पादनलाई बढावा दिन नेपाल सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरी स्वदेशी कृषि उद्योग संरक्षण गरी रोजगारी लगाएतका पुर्वाधारहरुको सृजना गर्न आगामी बार्षिक बजेट -आ.ब.२०८०÷०८१) मार्फत मार्ग प्रसस्त गरोस भन्ने हाम्रो अनुरोध छ ।  

कृषिलाई पूर्ण प्राथमिकतामा राखेर स्थापना भएका चामल, तेल, दाल जस्ता उद्योगको प्रष्टनीति निर्माण नहुनु, कृषि भुमिको संरक्षण नहुनु, उन्नत विउ बिजन र मल जलको पूर्ण ब्यबस्थापन नहुनु, राज्यका कमजोर पक्ष हुन । यसले कृषिलाई र कृषिजन्य उद्योगहरुलाई अग्रगमन तर्फ लैजान सक्ने कुनै ठोस संकेत देखिदैन । राष्ट्रिय अर्थतन्त्रलाई सबल र सक्षम बनाउन आन्तरिक उत्पादन र स्वदेशी उद्योगहरुलाई निश्चित नीति निर्माण गरी बिषेश प्राथमिकताका साथ गंभिर बहस गर्नु आज जरुरी छ ।  

हरेक आर्थिक बर्षका बजेट घोषणा गर्दा बिभिन्न शिर्षकहरु प्रष्ट रुपमा उल्लेख नगरी अन्योलनै राखेको पाईन्छ । यस्तो अन्योलमा नेपालका चामल तेल र दाल उद्योगहरु समेत पटक पटक चपेटामा परेकाछन । उद्योगले उत्पादन गर्ने बस्तुमा लाग्ने गरेको मु.अ.कर, भन्सार महसुल लगाएत अन्य असमान करका दरले कृषि उद्योगलाई मात्र नभई समग्र क्षेत्रलाईनै प्रभावित पार्ने गरेकोले सरकारको औद्योगिक नीति बनाउदा बेलैमा बिचार पु¥याई देओस भन्ने संघको अनुरोध छ । 

अरबौंको स्वदेशी लगानीमा उद्योग स्थापना गरिएको हुन्छ तर बिना अध्यायन सरकारबाट बेला बेलामा नयां नीति परिबर्तन गरिदिंदा ति लगानी जोखिममा पर्ने मात्र नभई उद्योगनै बन्द गर्नु पर्ने तितो यथार्थ हामि सबैको सामु बिद्यमान रहेकाले यस्ता नीति निर्माण गर्दा सम्बन्धित निकायका ब्यवसायी र सरकार संगै बसेर नीति बनाउदा अझ प्रभाबकारी र नतिजामुखी हुन्छ भन्ने हाम्रो अनुरोध हो । 

आज चामल, तेल र दाल जस्ता अन्तराष्ट्रिय गुणस्तरको खाद्यान्न नेपालमै उत्पादन हुन थालेको छ । आजको प्रतिस्पर्धाको दौरानमा स्वच्छ ब्यवसाय गर्ने सबैको चाहना छ । ब्यवसायीहरु कर बिरोधी होईनन आफ्नो व्यवसाय गरेबापत खुसिसाथ सरकारलाई राजस्व तिर्छन । सरकारबाट पनी उद्योग संरक्षणमा हौसला मिलोस भन्ने सबैको चाहना हुन्छ । 
  
 संघले दाल चामल जस्ता खाद्यान्नमा नेपाल आत्मनिर्भर हुनुपर्ने कुरालाइ निम्न बुदा प्रस्तुृत गर्दै जोड दिएको छ ।   
१) दाल÷गेडागुडी :

नेपालमा स्वदेशी र आयातित कच्चा पदार्थ प्रयोग गरी लगभग २५ वटा दाल उद्योगहरु संचालनमाछन् । स्वदेशी दाल उद्योगले सतप्रतिशत माग धानिरहेको छ । यहांको मागलाई परिपूर्ति गर्न सक्ने क्षमता भएपनी हाल अनावश्यक रुपमा तयारी दालको आयात भैरहेको छ । कच्चा दाल र तयारी दाल दुबैको समान भन्सार दर १० ५ कायमले विदेशी तयारी दालसंग प्रतिस्पर्धा गर्न नसकी उद्योगहरु धारासायी हुने स्थितिमा पुगेको छ । 

बिगत ३–४ बर्षदेखी बजेट भाषण मार्फत माननीय अर्थमन्त्रीज्यूले कच्चा र तयारी बस्तुमा उद्योगहरुलाई १(२ तहको भन्सार दर फरक गरिने कुरा भन्दै आएता पनि कृषि उद्योग दालमा भने ब्यवहारिक रुपमा पूर्णतहः लागु हुन सकेका छैन । नेपालका धेरै उद्योगहरुले फरक भन्सार दर मार्फत संरक्षण पाईरहेको अवस्थामा दाल उद्योगहरुले बषौंदेखी माग गर्दै आएको दुईतहको भन्सार दरको सुबिधा हालसम्म प्राप्त गर्न सकेकोछैन । जसले गर्दा स्वदेशी दाल उद्योग प्रभाबित बनेको छ । 
२. चामल:
क) चामल, तेल र दाल मिल कृषि उद्योग भएकोले कृषि उद्योगले पाउने सुबिधा पाउनु पर्छ । 
ख) रातो बासमति विदेश निकासी खुल्ला हुनु पर्छ । High Value product भएकोले किसानले दोब्बर बढी भाउ    पाउने र नेपालको पहिचान बन्ने । 
 
३. तेल: 
क) तोरी तेलमा लागेको १३ मु.अ.कर खारेजी हुनु पर्छ । 
ख) तोरी तेल दैनिक जीवनमा नभैनहुने अत्यावश्यकीय खाद्य वस्तु हो । अवैधानिक तरिकाबाट अत्याधिक मात्रामा भित्रिएको तोरी तेलका कारण नेपालका स्वदेशी उद्योगहरु धमाधम बन्द भएकाछन् । छिमेकी देश भारतमा कृषि उत्पादनमा मल, बीउ लगायतका क्षेत्रमा सहुलियत र तोरी तेलमा मू.अ.कर नलाग्ने भएकोले भारतीय तोरी तेल नेपाली तोरी तेलभन्दा लगभग २५% सस्तोमा विक्री भईरहेको छ । यसरी अस्वस्थ प्रतिस्पर्धाको कारण अनधिकृत व्यापारले नेपाली बजारमा प्रोत्साहन पाइरहेको छ ।

४. बैंक ब्याज Single Digit (एकल अंक) हुनु पर्छ  ।

५. बैंकको तरलताको अभाव ठिक हुनु पर्छ ।

६. अहिले धेरै जसो उद्योगको उत्पादत घटेको छ । बिधुत अनुदान तथा अन्य सुबिधा हुनु जरुरी छ । 

७. नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नेपाली उत्पादनलाई निश्चित तौलमा बस्तुको प्याकिंग गर्नै पर्ने कानूनी प्राबधान छ तर आयातित सोही प्रकारका  बस्तुमा नेपाल सरकारले तोकेको वजन मापदण्ड लागु छैन । 

८. Credit Act लागु हुनु पर्छ । 

९. चामल, तेल, दाल लगाएतका खाद्य बस्तुको उत्पानको Recovery कच्चा पदार्थको गुणस्तरमा निर्भर हुने भएपनी राजश्व कार्यालयले अमान्य गरी आफ्नै तरिकाले Recovery हिसाब गरी मु.अ.कर, आयकर जरिवाना समेत असुली गर्ने गरेकोले उद्योगीहरु मारमा परेकोले नेपाल सरकार उद्योग बिभागबाट Standard Recovery लागु हुनु पर्छ । 

१०. बेनामी उजुरीका कारण उद्योगी ब्यवसायी हतोत्साही हुने गरेकोले यस्ता दुःख दिने काम बन्द हुनु पर्छ । 

११. उद्योगको कच्चा पदार्थको लागि सधैभरी भारत र तेस्रो मुलुकको भर पर्नु भन्दा नेपालमा उत्पादन हुने सक्ने धान, दाल,तोरी जस्ता कृषि उपजको उत्पादन बृद्दी गर्न अब नेपाल सरकारले ठोस कदम चाल्न ढिला भैसकेको छ । 

१२. तरलताको अभाब, उपभोक्ताको क्रयशक्ति कमजोर अवस्था, बजार मन्दीको चपेटामा र बिक्री अत्यन्तै न्यून ।

१३. कृषि उद्योगको कच्चा पदार्थ नेपालमा उत्पादन बढाउन नेपाल सरकारसंग हातेमालो गरी अगाडी बढन उद्यमी तयार रहेकोले उपयूक्त बाताबरण बनाउन सरकारसंग अनुरोध छ । 


 

१० महिना अगाडि

प्रतिक्रिया